site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपालले विश्वकप छनोटअघि म्यानमारसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले म्यानमारसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाली टिमले फिफा विश्वकप–२०२६ को छनोटको तयारीका लागि म्यानमारसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो ।

नेपालले सेप्टेम्बर ८ र ११ मा म्यानमारविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने छ । दुवै खेल म्यानमारको सहर यानगोनमा हुने छन् ।

Dabur Nepal
NIC Asia

विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओससँग अक्टोबर १२ मा घरेलु मैदानमा र अक्टोबर १७ मा लाओसको मैदानमा खेल्ने छ । नेपालले विश्वकपको दोस्रो चरणमा स्थान बनाए यूएई, बहराइनसँगै श्रीलंका र यमनबीचको विजेतासँग समूह ‘एच’ मा प्रतिस्पर्धा गर्ने छ ।

विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा भइसकेको छ । हाल ३३ सदस्यीय नेपाली टिम छनोटका लागि प्रारम्भिक प्रशिक्षणमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  २२:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro