site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कृषि विकास बैंकको बदमासी : शनिबार वित्तीय विवरण प्रकाशन, सोमबार करेक्सन !
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । कृषि विकास बैंकले गएको शनिबार वित्तीय विवरण सार्वजनिक गर्‍यो । बैंकले प्रतिसेयर १९.८९ प्रतिशत प्रतिफल दिन सक्ने सम्भावन रहेको विवरणमा उल्लेख थियो । सोही कारण आइतबार कृषि विकास बैंकको प्रतिसेयर मूल्य १७ रुपैयाँले बढ्यो ।

हाल देशमा २० वाणिज्य बैंक छन् । त्यसमध्ये बढी लाभांश दिने चौथो नम्बरमा परेपछि लगानीकर्ता सस्तो सेयर मूल्य भएको बैंकतर्फ आकर्षित भए । यो बैंकको सेयर मूल्य प्रतिकित्ता २५० रुपैयाँभन्दा कम थियो ।

आइतबार २५३ रुपैयाँ २० पैसामा खुलेको सो बैंकको सेयर कारोबार मूल्य बढेर २७३ रुपैयाँ २० पैसासम्म पुगेको थियो । सो दिन बैंकको सेयर कारोबार २६५ रुपैयाँमा बन्द भएको थियो ।

Agni Group

एभरेस्ट, एनआईसी एशिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य आम्दानी प्रतिसेयरमा बढी छ । तर, यी बैंकको सेयर मूल्यभन्दा कम भएको कृषि विकासकै सेयर खरिद गर्न लगानीकर्ता आकर्षित भएको देखिन्छ ।

उक्त अपरिष्कृत वित्तीय विवरणमा वितरणयोग्य मुनाफाका आधारमा कृषि विकासले १९.८९ प्रतिशतसम्म लाभांश दिन सक्ने उल्लेख थियो । तर, बैंकले सेयरधनीलाई प्रभाव पर्ने गरी प्रतिफल दिन सक्ने सम्भावनालाई सच्याएर सोमबार सूचना प्रकाशन गरेको छ । सोमबार सार्वजनिक सूचनामा वितरणयोग्य आम्दानी १४.९२ प्रतिशत रहेको उल्लेख छ ।

Global Ime bank

“कृषि विकास बैंकको आ.व. २०७९/८० को चौथो त्रैमासको मिति २०८०/०४/२० मा प्रकाशित वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रतिसेयर देहायबमोजिम हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ,” सूचनामा उल्लेख छ ।

fadsmg1691403014.jpg

शनिबार वित्तीय विवरण प्रकाशन गर्ने र सेयर मूल्यमा प्रत्यक्ष प्रभाव पर्ने सूचक दुई दिनपछि मात्र सच्याउनुले बैंकले लगानीकर्तामाथि खेलबाड गरेको प्रस्ट हुन्छ ।

यस्तै, अघिल्लो वर्षको यस्तो आम्दानी पनि गलत भएको भन्दै सच्याइएको सूचनामा उल्लेख छ । अघिल्लो वर्ष यस्तो आम्दानी प्रतिसेयर ३५.६१ प्रतिशत रहेको उल्लेख थियो । तर, सोमबार त्यसलाई सच्याएर २६.७० प्रतिशत रहेको जनाइएको छ ।

यो बैंकले गएको आर्थिक वर्षको अन्त्यसम्म तीन अर्ब नौ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ ।

कसरी निकालिन्छ सम्भावित प्रतिफल ?
वितरणयोग्य मुनाफालाई बैंकको कुल कित्ता सेयरले भाग गरेर सम्भावित प्रतिफल निकाल्ने गरिन्छ ।

यो बैंकको वितरणयोग्य मुनाफा गएको आर्थिक वर्षको असार मसान्तसम्म दुई अर्ब ७१ लाख रुपैयाँ छ । यो वितरणयोग्य मुनाफालाई बैंकको १३ करोड ४५ लाख १६ हजार ७४२ कित्ता सेयरले भाग गर्दा प्रतिफल दिन सक्ने सम्भावना १४.९२ प्रतिशत हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu