site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ललितानिवास प्रकरण : विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
विजय गच्छदार । फाइल तस्बिर ।

काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

काठमाडौं जिल्ला अदालतले पछिल्लोपटक गच्छदारसहित तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान (ब्युरो) सीआईबीले जनाएको छ । आइतबार (हिजो) उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

गच्छदार तत्कालीन उपप्रधान एवं भौतिक योजनामन्त्री र नेपाली कांग्रेसका नेता हुन् । जोशी र श्रेष्ठ तत्कालीन भूमिसुधारमन्त्री हुन् । साह तत्कालीन राज्यमन्त्री हुन् । गच्छदार उपप्रधान एवं भौतिक योजनामन्त्री हुँदा साह सोही मन्त्रालयमा राज्यमन्त्री थिए । उनी जनकपुर बमकाण्डमा दोषी ठहर भई हाल नख्खु कारागारमा जेलजीवन बिताइरहेका छन् ।

सीआईबीले सो प्रकरणको अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा विभिन्न व्यक्तिलाई हिरासतमा राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro