site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाली बजारमा बलियो बन्दै बीवाईडी, ठूलो संख्यामा गाडी भित्र्याउँदै

 

काठमाडौं । विश्वका प्रमुख विद्युतीय गाडी (ईभी) निर्माताका रुपमा स्थान बनाउन सफल चिनियाँ कम्पनी बीवाईडीले नेपाली बजारमा आफ्नो स्थान बलियो बनाउँदै लगेको छ ।

Dabur Nepal
NIC Asia

नेपाली बजारमा ईभीको प्रयोग तीव्र गति लिँदा प्रमुख ब्रान्डहरुले आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन् । यसबीच बीवाईडीले आफ्ना प्रमुख उत्पादनलाई नेपाली बजारमा भित्र्याएको छ ।

बीवाईडीले फर्च्युन ग्लोबल राजस्वका आधारमा संसारका सबैभन्दा ठूलो ५०० कम्पनीमा २१२औँ स्थान बनाएको छ ।

बीवाईडी नेपालको आधिकारीक वितरक साइमेक्स इंकले बढ्दो मागअनुसार गाडीहरु आयात गरिरहेको बताएको छ । यसबीच बीवाईडीको एसिया प्यासिफिक विभागले नेपालमा ठूलो संख्यामा अट्टो–थ्री (एटीटीओ–३) पठाइरहेको जानकारी दिएको छ ।

सामाजिक सञ्जालमा गाडीहरुको लस्करको फोटो पोस्ट गर्दै बीवाईडी एसिया प्यासिफिकले ‘नेपालको रोमाञ्चक यात्रा’ गर्न तयार भनेर लेखेको छ ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपालमा बढ्दो मागअनुसार गाडी भित्र्याइरहेको बताएकी छन् । बीवाईडीका गाडीलाई यसको किफायती मूल्य, रेञ्ज र अन्य आधुनिक सुविधका कारण बढी रुचाइएको उनको भनाइ छ ।

साथै, बीवाईडीकै प्रतिनिधि नेपाल आएर केही फरक किसिमले जाने तयारी भइरहेको समेत उनले बताएकी छन् । तर, नयाँ गाडी लञ्च हुने हो वा विशेष अफरहरु आउने हो भनेर जानकारी खुलाउन भने उनले अहिले तयारी नै भइरहेको बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro