site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभामा एमालेको अवरोध : उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद् अघि बढ्दैन

काठमाडौं । राष्ट्रियसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विरोध कायम राखेको छ । एमालेको विरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते दिउँसो १ बजे बस्ने गर स्थगित भएको छ ।

एक सय किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको बैठकमा एमालेले अवरोध गरेको हो ।

बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रियसभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यति ठूलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।

यस प्रकरणमा जो व्यक्ति संलग्न भए पनि कानुनको दायरामा ल्याउनुपर्ने उनले बताए । सरकार यस प्रकरणमा गम्भीर हुन नसकेको बरु अहिले नयाँ तथ्यहरु बाहिर आइरहेको उनको भनाइ छ ।

सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने उनले स्पष्ट पारे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro