site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनसुनमा सरदरभन्दा कम वर्षा, तराईमा मध्यमदेखि अधिक खडेरी
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको जारी सिजनमा देशभरका २० वटा वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार यो वर्ष औसतभन्दा कम वर्षा भएको पाइएको हो । 

यस वर्षको मनसुन अवधिमा साउन १५ गतेसम्म मापन गरिएको दैनिक सञ्चित वर्षा औसतभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“पछिल्लो केही दिनदेखि नेपालको औसत वर्षा सरदरभन्दा केही कम भएको देखन्छ ।  मनसुन अवधिमा सरदरमा १ हजार ४७२ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष साउन १५ गतेसम्म ६५५.५ मिलिमिटर वर्षा भएको छ,” विभागले भनेको छ, “सो वर्षा मनसुन सिजनको चार महिनाको सरदर वर्षाको (१४७२ मिलिमिटर) को ४४.५ प्रतिशत मात्रै हो । आज सम्मको सरदर वर्षाको (७६८.७ मिलिमिटर)को ८५.३ प्रतिशत हो ।” 
 
तराईका अधिकांश जिल्लामा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको विभागको भनाइ छ । नेपालगञ्ज, जनकपुर, धनकुटालगायतका भू–भागमा यस अवधी (१ जुन–३१ जुलाई)को सरदर वर्षाको ५० प्रतिशतभन्दा कम वर्षा भएको छ ।

वर्षको सुरुमै जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । केही जिल्ला तथा क्षेत्रमा वर्षा भइरहे पनि औसतमा भने कम वर्षा भइरहेको हो । 

Global Ime bank

जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले मनसुन सुरु हुनुभन्दा पहिला नै स्पष्ट पारेको थियो । तर, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ थियो ।  

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान थियो । वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement