site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
छिटो न्यायाधीश नियुक्त गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

 

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले समयमै न्यायाधीश नियुक्त गर्न आग्रह गरेको छ ।

आयोगले न्यायालयमा लामो समयदेखि दरबन्दीबमोजिम न्यायाधीशको नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय प्राप्त गर्ने नागरिकको संवैधानिक अधिकारमा असर परेको बताएको छ ।

"सर्वोच्च अदालतमा विगतमा लामो समय प्रधानन्यायाधीश पद रिक्त रहेको तथा पुनः रिक्त हुने अवस्था सिर्जना हुन लागेको एवम् सर्वोच्च अदालत र उच्च अदालतमा समेत रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रियाका लागि नेपाल सरकारबाट समयमै पहल हुन नसक्दा न्याय निरुपणमा बाधा परेको देखिन्छ," सोमबार आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आयोगले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानुनी राज्यको अवधारणा संविधानको प्रस्तावनामा नै उल्लेख गरिएको स्मरण गर्दै राज्यका सम्बन्धित निकायले ध्यान दिन नसक्दा अदालतमा न्याय निरुपणका लागि परेका हजारौँ उजुरी थन्किरहेको बताएको छ । 

 

NHRC Nepal Press Release-2080-4-151690802710.jpg

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १७:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro