site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एक ठाउँमा समस्या हुँदा देशै अन्धकार ! यसकारण जाँदै छ झ्यापझ्याप बत्ती
फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो समय दैनिकजसो छिनछिनमा झ्यापझ्याप बत्ती जाने गरेको छ । अर्थात्, विद्युत् सेवा अवरुद्ध हुने गरेको छ । दिनमै एकभन्दा बढीपटक छोटोछोटो समय अघोषित ‘लोडसेडिङ’ हुने गरेको हो ।

यसरी छिनछिनमै सेवा अवरुद्ध हुँदा सेवाग्राही समस्यामा परेका छन् । छिनछिनमै बत्ती जाने–आउने गर्दा घर, कार्यालय, उद्योगमा ठूलो जोखिमको समेत सम्भावना हुन्छ ।

Dabur Nepal
NIC Asia

शनिबार काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा पटकपटक छोटो समय बत्ती गएको थियो । आज बिहान पनि काठमाडौंमा केही बेर विद्युत् सेवा अवरुद्ध भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार वर्षापछि ठाउँठाउँमा पहिरो जाने र रुखहरूले विद्युत् तारलाई छुँदा समस्या निम्तिएको हो । पछिल्लो समय तराईका जिल्लामा रुख ढलेर विद्युत् सप्लाईमा समस्या आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले बताए ।

त्यो समस्या समाधान गर्ने क्रममा देशैभरको विद्युत् प्रवाह केही बेर रोकिने गरेको उनले जानकारी दिए । मर्मतसम्भार गर्ने बेलाबेलामा सेवा अवरुद्ध हुने गरेको उनको भनाइ छ ।

“शनिबार तराईमा तारमा रुख लाग्यो, तारमा रुख ढलेर समस्या आएको हो । अहिले पानी परेका कारण रुख ढलिरहेका छन्,” उनले भने, “अरू केही पनि कारण हैन । रुख ढलेर तारमा लाग्दा यसरी लाइन गइरहेको छ ।”

वर्षा र बाढीपहिरोका कारण कतिपय ठाउँमा तार चुडिनुका साथै टावर नै बांगिने गरेको प्रवक्ता भट्टराईले बताए । एक ठाउँमा रुखले तार छुँदा देशभर नै समस्या आउने उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro