site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनले भने– रुसले शान्ति वार्ता अस्वीकार गर्दैन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धलाई लिएर शान्ति वार्ताको विषय अस्वीकार नगर्ने बताएका छन् ।

सेन्ट पिटर्सवर्गमा अफ्रिकी नेताहरूसँगको भेटघाटपछि पुटिनले यस्तो भनेका हुन् । अफ्रिकी र चिनियाँ पहल शान्ति स्थापनाको आधार हुनसक्ने उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

युक्रेनी सेनाले आक्रमण गरिरहेको बेला युद्धविराम कार्यान्वयन गर्न गाह्रो हुने पुटिनले बताएका छन् । युक्रेन र रुस दुवैले केही पूर्व सर्तबिना वार्ताको टेबलमा नआउने भन्दै आएका छन् ।

युक्रेनले आफ्नो सीमाना सन् १९९१ मा जस्तै पुनर्स्थापित गर्न चाहेको छ भने, क्रेमलिन यसमा सहमत छैन । कीभले आफ्नो देशको नयाँ क्षेत्रीय वास्तविकतालाई स्वीकार गर्नुपर्ने मस्कोको भनाइ छ ।

पुटिनले शनिबार राति पत्रकार सम्मेलनमा बोल्दै युक्रेनमा थप आक्रमणको तत्काल कुनै योजना नभएको समेत बताएका छन् । केही व्यक्तिहरूले रूसलाई भित्रबाट हानि पुर्‍याइरहेको भन्दै उनले केही विरोधीहरूको गिरफ्तारीको बचाउ गरेका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro