site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसीमा सरकार गठनको कसरत : सभामुखले राजीनामा दिनेदेखि कांग्रेस दलको नेता फेर्नेसम्मको विकल्प
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि कसरत सुरु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेका छन् ।

यही साउन १७ गतेभित्र दाबी पेस गर्न समय दिइएको छ । त्यसका लागि बहुमत संख्या पुर्‍याउन दलहरू सक्रिय भएका छन् ।

यसअघि, प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रहेका उद्धव थापा नेतृत्वको सरकार संवैधानिक प्रक्रियाअनुसार गठन नभएको भन्दै सर्वोच्च अदालतले नियुक्ति बदर गरेको थियो । गएको बिहीबार सर्वोच्चले कोसीमा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन आदेश दिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अहिले खासगरी कांग्रेससहित गठबन्धनमा आबद्ध दलहरू नयाँ सरकार गठनका लागि छलफलमा जुटेका छन् । सरकार गठनमा कसरी बहुमत पुर्‍याउने भन्ने विषयमा केन्द्रबाट नै निर्णय गरिने सम्भावना छ ।

प्रदेशसभाका सभामुख बाबुराम गौतम समेतलाई गणना गरी सरकारमा दाबी पेस गर्दा सर्वोच्चले त्यो प्रक्रिया नै संविधानसम्मत नभएको भन्दै बदर गरिदिएको थियो । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । उनले राजीनामा दिएको सन्दर्भमा भने गठबन्धनसँग बहुमत पुग्ने संख्या ४७ हुनेछ ।

Global Ime bank

नेकपा (एमाले) भने गठबन्धनको पछिल्लो प्रयासलाई रोकेर नेपालको संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रयासमा देखिएको छ ।

सर्वोच्चले दिएको आदेशबमोजिम प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ (२) बमोजिम नै दुई वा दुईभन्दा बढी दलको दाबीमा सरकार गठन गर्न आह्वान गरेका छन् ।

गठबन्धनका शीर्ष नेताहरूले आइतबार काठमाडौंमा डाकेको प्रदेशका दलका नेतासहितको छलफलमा सरकार गठनको प्रक्रिया र प्रयासका सबै विकल्पबारे छलफल गरिने बताइएको छ ।

कोसी प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्र आङ्बोले आफूहरूलाई समेत छलफलका लागि निम्तो आएकाले काठमाडौंमै रहेको जानकारी दिए ।

सभामुख गौतमलाई राजीनामा दिन लगाएर बहुमत पुर्‍याउने विषयमा शनिबार गठबन्धन दलका नेताले छलफल गरेका थिए । तर, अहिलेसम्म आफूलाई राजीनामा दिन नभनिएको गौतमले बताए । सर्वोच्चको आदेशलगत्तै उनले कमी–कमजोरी अदालतले सच्याइदिएको प्रतिक्रिया दिएका थिए ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभामुखको राजीनामा पनि एक विकल्प भएको र त्यसलाई कार्यान्वयन गरेर अघि बढ्न सकिने गरी छलफल भएको जानकारी दिए ।

गठबन्धन दललाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ दिए सहज ढंगले सरकार बन्न सक्छ । तर, केन्द्रीयस्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग भएको छलफलमा समेत सो विषयमा सकारात्मक जवाफ नदिइएको बताइएको छ ।

उद्धव थापासँग राप्रपाका कोसी प्रदेश संसदीय दलका नेता भक्ति सिटौलाको राजनीतिक प्रतिशोधका कारण पनि समर्थन नदिने देखिएको एकथरी कांग्रेस नेताको तर्क छ । कांग्रेसले संसदीय दलको नेता अर्को कोही सांसदलाई बनाइए राप्रपा सरकारमा आउन सक्ने देखिएको एक प्रदेशसभा सदस्यको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ११:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement