site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अष्ट्रेलियामा अभ्यासका क्रममा सैन्य हेलिकोप्टर दुर्घटना, चारजना बेपत्ता

ब्रिस्बेन । सैनिक अभ्यासका क्रममा अष्ट्रेलियाली सेनाको एउटा हेलिकोप्टर दुर्घटना भएको छ ।

प्रशान्त महासागरमा दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेष भेटिएको अष्ट्रेलियाली प्रहरीले जनाएको छ । प्रहरीले दिनरात खोजी गर्दा पनि त्यसमा सवार चालक दलका चार सदस्यको कुनै अत्तोपत्तो नलागेको जनाएको छ ।

क्विन्सल्यान्डका प्रहरी प्रमुख डगलस म्याकडोनाल्डले दुर्घटनाग्रस्त हेलिकोप्टरका धेरै भग्नावशेष फेलापारेको र चालक दलका सदस्यको खोजी जारी रहेको बताएका छन् ।

क्विन्सल्यान्डमा जारी यस वर्षको संयुक्त राज्य अमेरिका–अष्ट्रेलिया द्विवार्षिक सैन्य अभ्यासमा जापान, फ्रान्स, जर्मनी, दक्षिण कोरियालगायत १३ राष्ट्रका ३० हजारभन्दा बढी सैनिक सहभागी छन् ।

शनिबार राति उक्त दुर्घटना भएपछि अष्ट्रेलियाले जारी संयुक्त अभ्यास स्थगन गरेको छ । रासस/एपी

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro