site stats
बाह्रखरी :: Baahrakhari
देश
मुग्लिन–नारायणगढ सडकमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा पुनः दुईतर्फी नै यातायात सञ्चालनमा ल्याइएको छ । पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

शनिबार दिउँसो करिब साढे २ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी नै सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

Argakhachi Cement Island Ad

इच्छाकामना गाउँपालिका–६, कालीखोलानजिकै खसेको पहिरो पन्छाएर सडक खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

यसअघि, सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्