site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बलियो भए प्रजातन्त्र बलियो बन्छ :  सभापति देउवा
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँग आज भएको भेटमा सभापति देउवाले कांग्रेस र प्रजातन्त्रलाई बलियो बनाउन समाजबाट आएका सुझाव ग्रहण गर्दै कार्यान्वयन गर्ने बताए ।  

प्रजातन्त्रलाई बलियो बनाउनेबारे समाजसँग बसेर पार्टीले विचार विमर्श गर्ने उनको भनाइ छ । सोही अवसरमा सभापति देउवाले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यलाई सफल कार्यकालको शुभकामना समेत व्यक्त गरे । 

भेटमा समाजले मुलुक विकासका लागि नेपाली कांग्रेस र प्रजातन्त्र बलियो बनाउन आवश्यक रहेको सुझाव दिएको थियो । समाजका नवनिर्वाचित अध्यक्ष कुलचन्द्र वाग्लेले भने, “मुलुकको विकास र प्रजातन्त्रलाई बलियो बनाउनका लागि प्रजातान्त्रिक विचार समाजले दिएको सुझाव ग्रहण गरेर कांग्रेस अगाडि बढोस् भन्ने हाम्रो चाहना छ ।”

अध्यक्ष वाग्लेले प्रजातन्त्रमाथि आज पनि विभिन्न क्षेत्रबाट प्रहार हुन खोजेको भन्दै त्यसलाई बलियो बनाउन समाजले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । रासस

 

    

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १३:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro