site stats
बाह्रखरी :: Baahrakhari
खेल
टर्च र्‍यालीमा नेपालबाट दीपक महर्जन सहभागी हुने

काठमाडौं । चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटनअघि हुने टर्च र्‍यालीमा नेपालबाट एसियाली खेलकुदका कांस्य विजेता बक्सिङका दीपक महर्जन सहभागी हुनेछन् ।

सदस्य–सचिव टंकलाल घिसिङले वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण प्रतियोगिताका लागि भारत जान लागेको हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीको बिदाई कार्यक्रममा टर्च र्‍यालीमा नेपालबाट दीपक सहभागी हुने जानकारी गराए ।

Argakhachi Cement Island Ad

"१९औँ एसियाली खेलकुद पनि चीनमा नै हुँदैछ । १६औँ एसियाली खेलकुद पनि चीनमा नै भएको थियो । १६औँ संस्करणमा नेपाललाई एक मात्र पदक दीपक महर्जनले दिलाउनु भएको थियो," सदस्य–सचिव घिसिङले भने, "१६औँ एसियाडको सफलताको कदर गर्दै हाङझाव एसियाडअघि हुने टर्च र्‍यालीमा दीपकलाई सहभागी गराउन राष्ट्रिय खेलकुद परिषद्ले सिफारिस गरिसेको छ ।"

टर्च र्‍यालीमा एसियाडमा सहभागी हुने प्रत्येक राष्ट्रका प्रतिनिधिको उपस्थिति रहने छ । हाङझाव एसियाड असोज ६ गतेदेखि सुरु हुँदै छ । दीपक हाल हाङझाव एसियाडमा सहभागी हुने बक्सिङ टोलीका प्रशिक्षक मध्येका एक हुन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २१:४७
प्रतिक्रिया दिनुहोस्