site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
राष्ट्रपतिलाई एक महिलाको सन्देश– मणिपुर जल्दा तपाईं किन चुप हुनुहुन्छ ?
भारतीय राष्ट्रपति द्रौपदी मुर्मू । फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । भारतको मणिपुर राज्यमा भइरहेको हिंसाकाबीच दुई महिलालाई निर्वस्त्र बनाएर सडकमा हिँडाएर भएको यौन उत्पीडनको विश्वभरबाट आलोचना भइरहेको छ ।

गत मे ४ मा भएको घटनाको भिडियो जुलाई १९ मा मात्र सार्वजनिक भएको थियो । मेइती समुदायका पुरुषहरूको समूहले कुकी समुदायका दुई महिलालाई निर्वस्त्र हिँडाएका थिए ।

यसै घटनामा मणिपुर र त्यहाँका महिलाको रक्षाका लागि अपिल गर्न एक महिलाले भारतीय राष्ट्रपतिलाई आह्वान गरेकी छन् ।

Dabur Nepal
NIC Asia

सामाजिक सञ्जाल टिकटकदेखि ट्विटरलगायतमा उक्त भिडियाले अहिले चर्चा पाएको छ । डा. मेडुसा परिचय बताउने ती महिललो भिडियोमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूलाई 'तपाईं पनि आदिवासी महिला' भएको भन्दै महिला हिंसाविरुद्ध बोल्न आग्रह गरेकी छन् ।

भिडियोमा उनले के भनेकी छन् ?

आदरणीय महामहिम राष्ट्रपति श्रीमती द्रोपति मुर्मुजी नमस्कार, म डाक्टर मेडुसा । यो देशको एक आमनागरिक र एक महिला । आज म यो भिडियोमार्फत तपाईंसम्म एक अपिल पुर्‍याउन चाहन्छु । यो अपिल म एक महिला र एक आम नागरिकको हैसियतले गरिरहेकी छु ।

पछिल्लो साढे दुई महिनादेखि हाम्रो देशको एक राज्य मणिपुर, जातीय हिंसाको आगोमा जलिरहेको छ । यो आगोको रापमा १५० भन्दा बढी मानिस परिसकेका छन्, जसमा पुरुष, महिला देखि बालबालिकाहरू छन् ।

तर, आज एक जघन्य कारणले मेरो आत्मा काँपिरहेको छ । हिंसालाई बढावा दिएर लासमाथि आफ्नो सत्ताको आड राखेर, काटिएका टाउकोले आफ्नो सिंहासन सजाउने सरकारको डरका बाबजुद मैले यो कुरा राख्दै छु ।

कुकी जनजातिकी दुई महिलालाई सम्पूर्ण मानिसहरूको अगाडि निर्वस्त्र अवस्थामा सयौँ मेइती समुदायका पुरुष एक मैदानमा उनीहरूको शरीरसँग खेलबाड गर्दै उनीहरूलाई मृत्युको दिशामा लैजान्छन् ।

आज करोडौँ मानिसहरूले उक्त भिडियो हेरिरहेका छन् । कोही मानवताको मृत्युमा दुख मनाइरहेका छन्, कोही पितृसत्ताका नाममा महिलाको शरीरको युद्धमा जित वा हारको हतियार वा परिणाम वा दुवै बनेको हेरेर बसिरहेका छन् ।

तपाईं पनि एक महिला हो, एक आदिवासी महिला हो । यो देशको इतिहास शदियौँदेखि मूलनिवासी महिलासँग हुने हिंसा देख्दै आएको छ । तपाईंलाई पनि थाहा छ । तपाईं देशको सर्वाेच्च पदमा हुनु सबै महिलाका लागि गर्व र आश्वासनको विषय थियो ।

तर, पनि तपाईं किन चुप हुनुहुन्छ । तपाईंसँग त्यस्तो अधिकार छ, त्यो तागत छ जुन हामीजस्तो आममहिलासँग छैन, आम नागरिकसँग छैन । 

तपाईंले शान्तिका लागि अपिल गर्नुभयो भने सायद देशको विभिन्न समुदायमा हिंसालाई पाल्ने सरकारको डिनर टेबलदेखि जनताको मासुको टुक्रामा पालिने देशको मिडियालाई मणिपुरको महसुस होला कि ? सायद तपाईंले भनेमा संसारमा बज्ने भारतको डङ्केको आवाजमा कतै ती दुई कुकी महिलाको आँखामा बजेको आवाज सुनाइदिन्थ्यो कि ?

महिलाको शरीर यो देशमा निकै सस्तो छ, सायद तपाईंको आवाजले त्यसलाई केही भाउ मिल्थ्यो कि ?

त्यसैले म तपाईंसँग ती दुई कुकी महिलाका लागि बिन्ती गर्छु, जो सयौँ पुरुषको नाङ्गो जितको, हत्यारा, फासीवादी सरकारको र पितृसत्ताको बली चढिन् । मणिपुरलाई बचाइदिनुस्, त्यहाँकी महिलालाई बचाइदिनुस्, अब तपाईं मात्रै केही गर्न सक्नुहुन्छ ।

मणिपुरको बहुसंख्यक मेइती समुदाय र आदिवासी कुकी समुदायबीच गत मेदेखि  चर्किएको द्वन्द्व जारी छ । मेइती समुदायले लामो समयदेखि आफूलाई सेड्युल्ड ट्राइब (एसटी)को दर्ता माग गर्दै आएका छन् । यसले उनीहरूलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा आरक्षण सिटजस्ता केही फाइदा दिने छ ।

तर, मणिपुरको आदिवासी समूह कुकी समुदायले मेइती समुदायले मागेको एसटी दर्जाको विरोध गरेको छ । मेइती समुदायले सो दर्जा पाएमा कुकी र मणिपुरका अन्य आदिवासी समूहलाई फाइदा नगर्ने उनीहरूको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro