site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खर्च विवरण नबुझाउने २,४३५ उमेदवारलाई जनही १५ हजार जरिवाना (सूचीसहित)

काठमाडौं । निर्वाचन अयोगले निर्वाचन खर्च विवरण नबुझाउने उमेदवारहरूलाई कारबाही गरेको छ ।

खर्च विवरण नबुझाउने प्रतिनिधिसभातर्फका एक हजार ३७ र प्रदेशसभातर्फका एक हजार ३९८ गरी दुई हजार ४३५ उमेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना तोक्ने निर्णय गरिएको आयोगले जनाएको छ ।

३५ दिनभित्र जरिवाना रकम तिरेर त्यसको भौचर सात दिनभित्र जिल्ला निर्वाचन कार्यालयमा बुझाउन आदेश दिने निर्णय पनि गरिएको छ ।

गत मंसिर ४ गतेको आमनिर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी कुल पाँच हजार ५६२ उमेदवार थिए । तीमध्ये दुई हजार ३७४ उमेदवारले खर्च विवरण नबुझाएको आयोगले जनाएको छ ।

विवरण नबुझाएका उमेदवारलाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३१ को उफदफा (४) बमोजिम कारबाही गर्ने निर्णय गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

सूची हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro