site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगनले भने– कांग्रेसले सरकारको लिड गर्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा निर्मम स्टाण्ड लिनुपर्ने बताएका छन् ।

जारी केन्द्रीय कमिटी बैठकमा उनले त्यस्तो बताएका हुन् । थापाले कांग्रेसले निराशा भएकालाई विश्वासमा लिनुपर्ने बताए । सरकारमा जाँदा के दियौं भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

“सरकारमा किन जाने ? प्रतिपक्षमा बस्दा के पाएन र हामीले सरकारमा जाँदा के दियौं ?,” उनले प्रश्न गरे ।

उनले वाचा पुरा गर्न स्वामित्व लिनुपर्ने बताए । “हामीसँग अहिले हातमा संविधान छ अहिलेको व्यवस्था छ । अधिकार छ राम्रो संविधान छ, डकुमेन्ट छ । तर हामीले भनेजस्तो बाचा पुरा भएको छैन । यसको स्वामित्व हामीले लिने हो । यो संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मानेर परिवर्तन र संशोधनको कुरा सकारात्मक लिएर पार्टीले लिड गर्नुपर्छ । पार्लामेन्टलाई थप समावेशी बनाउने हो । स्थिर सरकारका लागि उपाय छन्,” उनले भने ।

उनले प्रदेश सरकारका बारेमा प्रश्न उठेको भन्दै चारवटा प्रदेशको नेतृत्व गर्दा प्रदेश सरकार चाहिन्छ भन्ने स्थापित गर्न सक्नुपर्ने बताए । उनले अरु मिसन ०८४ को कुरा गरिरहेको भन्दै पार्टीले चार वर्षको लिड गर्नुपर्ने धारणा राखे ।

“२०८० सालमा छौँ तीन तहमा हामी सरकारमा छौँ । अझै साढे चार वर्ष समय सरकार चलाउन छ । हामीले यो समयमा काम गर्नुपर्छ,” थापाले भने, “सबैजना ०८४ को कुरा गर्छन् । यो चार वर्षको जिम्मेवारी कसको त ? हामीले लिड गर्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro