site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एक वर्षमा ३५०० किलो सुन आयात गर्दा ४५ अर्ब बाहिरियो
सांकेतिक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपालले सुन आयात गर्दा ४५ अर्ब सात करोड एक लाख २९ हजार रुपैयाँ देशबाट बाहिरिएको छ ।

भन्सार विभागका अनुसार २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको अवधिमा नेपालले तीन हजार ५४२.४१ केजी सुन आयात गर्दा उक्त रकम बाहिरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत आर्थिक वर्ष युनाइटेड अरब इमिरेट्स (यूएई)बाट मात्र नेपालले २४ अर्ब २१ करोड ९२ लाख ९८ हजार रुपैयाँको सुन आयात गरेको छ ।

यस्तै, सोही समयमा टर्कीबाट दुई अर्ब ७२ करोड ८१ लाख ७६ हजार रुपैयाँभन्दा बढीको सुन नेपालमा आएको छ ।

Global Ime bank

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा नेपालले विभिन्न देशबाट ४३ अर्ब ६७ करोड ८७ लाख ८८ हजार रुपैयाँको सुन आयात गरेको थियो ।

अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष एक अर्ब ३९ करोड १३ लाख ४१ हजार रुपैयाँ बढीको सुन आयात भएको विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कले देखाउँछ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय