site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘प्रधानमन्त्रीको सल्लाहकार हुँ’ भन्दै ४५ लाख ठगेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । 'प्रधानमन्त्रीको सल्लाहकार हुँ' भन्दै ठगी कार्यमा संलग्न दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । 

४५ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंको नागार्जुन ८ का ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र नागार्जुन ८ का २३ वर्षीय बिशाल खनाललाई कोटेश्वरबाट पक्राउ गरिएको हो ।

Dabur Nepal
NIC Asia

उनीहरुले ‘प्रधानमन्त्री सुशासन सल्लाहकार तथा प्रमुख नेताहरुसँग चिनजान रहेको भनी विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने विश्वाश दिलाएर विभिन्न कागजातमा सहीछाप गराएर’ उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी समेत जारी भएर ना४च ८६७० नम्बरको स्कोरपियो जिपसहित फरार रहेका दुवैजनालाई कोटेश्वरबाट पक्राउ गरेर थप अनुसन्धान एवं कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro