site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एनपी साउदले भने– झन्डै ४० प्रतिशत कांग्रेसीले कांग्रेसलाई भोट दिँदैनन् 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । परराष्ट्रमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले झन्डै ४० प्रतिशत कांग्रेसीले कांग्रेसलाई नै भोट नहाल्ने गरेको बताएका छन् ।

यही साउन २ गतेदेखि सानेपामा जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार उनले केन्द्रले सदस्यता वितरण गर्दा कांग्रेसलाई नै भोट नहाल्ने मान्छेसम्म पार्टी सदस्य पुग्ने गरेको उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

“सदस्य वितरणको केन्द्र वार्डलाई बनाउनुपर्छ । सदस्यताको चाङ जति बढाए पनि गाउँगाउँमा क्रियाशीलता बढेन भने त्यसले परिणाम दिन सक्दैन,” साउदले भने, “मेरै वडाका २० प्रतिशत सदस्यले कांग्रेसलाई भोट दिँदैनन् । अरू २० प्रतिशतले कुनै न कुनै पदमा कांग्रेसलाई भोट दिँदैनन् ।”

कांग्रेस सत्ताकेन्द्रित भएको विपक्षीले आरोप लगाउँदा पार्टीभित्रकै मान्छे समेत बहकिएको उनको भनाइ छ । तर, कांग्रेसलाई ‘म्यान्डेट’ नै सत्तामा जाने रहेको उनले बताए ।

Global Ime bank

“कांग्रेस सत्तामा जान मात्र खोज्ने भनिँदै छ, कांग्रेस सत्ताकेन्द्रित हो भन्ने भाष्य निर्माण गरिँदै छ,” उनले भने, “वास्तवमा कांग्रेसलाई सबैभन्दा धेरै सत्ताको म्यान्डेट छ । यो गठबन्धनले बहुमत मागेको हो र गठबन्धनबाटै कांग्रेस सरकारमा छ ।”

संसद्मा प्रतिपक्ष बलियो हुनु प्रजातन्त्रको हितमा रहेको भन्दै उनले ऐन, नियम र कानुनका विषयमा आफ्नो पार्टीका सांसदको भूमिका प्रभावकारी हुन आवश्यक रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय