site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन : शशांक कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालाशशांक कोइरालाले क्रियाशील सदस्यता बढाएर मात्रै पार्टी संगठित नहुने बताएका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले राम्रो भित्रैबाट पार्टीको नीति ठिक हो भन्ने परिस्थितिको निर्माण गर्नुपर्ने बताए । 

“हामीले भर्खरै भन्यौं आठ लाख क्रियाशील सदस्य छन् । मेरो क्षेत्रमा ८०० क्रियाशील हुँदा २०० भोट खस्यो । हामीले कस्तो क्रियाशील दिँदैछौँ ? क्रियाशील सदस्य बढाएर मात्रै पार्टी संगठित हुँदैन,” उनी भन्छन्, “जबसम्म भित्रैबाट उनीहरूलाई लाग्दैन कि कांग्रेसको नीति ठीक हो भनेर । तसर्थ बढाउनतिर नलागौं । राम्रो मान्छे चुनेर मात्रै गरौं ।” 

क्रियाशील व्यक्तिहरू हृदयबाटै क्रियाशील हुनुपर्ने बताए । उनले केन्द्रीय सदस्य पनि विकेन्द्रीकरण गर्नुपर्ने बताए । चुनावमा टिकट दिँदा केन्द्रबाट निर्णय गर्दा उचित व्यक्ति नपर्ने सम्भावना रहेको समेत बताए । 

कोइरालाले कता जाँदैछौँ ? भन्ने प्रश्न गरे । आगामी २० वर्षको खाका बनाएर अघि बढ्नुपर्ने उनको भनाइ छ । हाम्रो लक्ष्य के हो भन्नेमा स्पष्ट हुनुपर्ने बताउँदै सत्तामा जानेमात्रै लक्ष्य नरहेको बताए । 

उनले रुपान्तरणको आवश्यकता पनि औंल्याए । महिलाहरूलाई ३० प्रतिशतले नपुगेको भन्दै नेतृत्व गर्ने क्षमता दिनुपर्ने बताए । हरेक क्षेत्रमा महिलालाई अघि बढाउनुपर्ने बताए । “लगातार चार पटक जितेँ । मलाई महिलाहरूले जति माया गरे । हामीले महिलाको शक्ति बुझ्न सकेका छैनौं,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro