site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दण्डहिनतालाई प्रश्रय दिने कानुन कांग्रेसकै सरकारले ल्याउनु दुःखद : डा. शेखर कोइराला 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसद्‌मा विचाराधीन केही नेपाल संशोधनसम्बन्धी ऐन तत्काल खारेज गर्न माग गरेका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा डा. कोइरालाले कांग्रेस सहभागी भएको सरकारले दण्डहिनतालाई प्रश्रय दिने कानुन आउनु लज्जास्पद भएको भन्दै तत्काल विधेयक खारेज गर्न माग गरेका हुन् । 

“नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । तर, दण्डहिनतालाई प्रश्रय दिनेगरी कानुन बनाइँदैछ,” डा. कोइरालाले भने, “संसद्‌मा अपराध संहितासहित केही नेपाल संशोधन गर्नेगरी ल्याइएको विधेयकमा दण्डहिनतालाई प्रश्रय दिने प्रावधानहरू राखिएका छन् । त्यो विधेयक तत्काल खारेज हुनु जरुरी छ ।” 

उनले जनताले नेपाली कांग्रेसबाट दण्डहिनतालाई प्रश्रय दिने कुरा परिकल्पना नगरेको बरु दण्डहिनताविरुद्ध बलियोसँग उभिने अपेक्षा गरेको बताए । 

डा. कोइरालाले नेपाली कांग्रेसहितको सरकारले देशको नेतृत्व गरिरहेका बेला जनजीविकाको सवाल चरम अवस्थामा पुगिरहेको बताए । 

“जनजीविकाको सवालमा जनताले नेपाली कांग्रेस सरकारमा भएको अनुभूति गर्न पाएका छैनन्,” डा. कोइरालाले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro