site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारविरुद्धको अभियानमा नलागे अर्कोपटक कांग्रेस बढारिन्छ : केसी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नयाँ वैचारिक आन्दोलनमा नलागेसम्म सदस्यता वृद्धि नहुने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यातालिकामा घरघरमा पुग्ने भनेर मात्रै नहुने बताए ।

“जबसम्म हामी वैचारिक रुपमा नयाँ आन्दोलन लिएर जनताका बीचमा जान सक्दैनौँ । जबसम्म प्रवृत्तिगत रुपले परिवर्तन हामी गर्न सक्दैनौँ । हाम्रा सोचाइ जनमुखी रुपले लिएर जान सक्दैनौँ,” उनले भने, “त्यतिबेलासम्म गाउँगाउँ घरघरमा पुगेर त्यसले पर्याप्त रुपबाट योगदान दिन्छ भन्ने मलाई लाग्दैन ।”

अहिलेका राष्ट्रिय समस्या गरिबी, बेरोजगारी, किसानले मल नपाएको, लम्पी स्किनका कारण क्षति भएको विषयमा स्पष्ट दृष्टिकोण लिएर जनतामाझ जानुपर्ने उनले बताए ।

“आदिवासी, जनजाति युवा महिला सशक्तीकरणदेखि मधेससम्मका महत्वपूर्ण समस्यामा निश्चित दृष्टिकोण नलिइकन घरघरमा मात्रै पुगेर पुरानो सदस्यलाई कायम गर्न सकिन्छ कि सकिँदैन भन्ने लाग्छ,” केसीले भने, “नयाँ सात लाख भन्ने विश्वास गर्दिनँ । सम्पूर्ण रुपबाट रुपान्तरण गर्नुपर्छ ।”

उनले गल्ती स्वीकार गरेर जानुपर्ने पनि बताए । उनले बैठक फेसबुक लाइभ सुरु गरेकोमा धन्यवाद दिए । भ्रष्टाचार विरोधको अभियानलाई सशक्त रुपमा नलगे अर्कोपटक पार्टी बढारिने उनले बताए ।

पात्र परिवर्तन होइन, प्रवृत्ति परिवर्तनको आवश्यकता रहेको उनको भनाइ छ । सभापतिलाई नै संस्था मान्न नहुने बताउँदै उनले सभापति विधि र प्रकृयामा रहनुपर्ने धारणा राखे ।

उनले आफ्ना सुझाव पार्टी सभापति शेरबहादुर देउवालाई बुझाए ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro