अर्थ व्यवसाय
1689935961.jpg)
काठमाडौं । लघुवित्तपीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न माग राख्दै उनीहरू आन्दोलित भएका हुन् ।
लघुवित्त वित्तीय संस्थाविरुद्धको संघर्ष समितिको आह्वानमा शनिबार नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय घेराउ गरियो । लघुवित्त संस्थाहरू खारेज गर्नुपर्नेलगायत माग राख्दै काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक कार्यालयअगाडि प्रदर्शन गरिएको हो ।
आफूहरूलाई लघुवित्त संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ । सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्नेलगायत पाँचबुँदे माग उनीहरूले अघि सारेका छन् ।
यी मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १६:५६
प्रतिक्रिया दिनुहोस्