site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस सभापति देउवा सुनसरीमा

विराटनगर । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आइपुगेका छन् । शनिबार नेपाली कांग्रेसको जिल्ला सम्मेलन उद्घाटन गर्न देउवा सुनसरी आइपुगेका हुन् । 

यसअघि विराटनगर विमानस्थलमा ओर्लिएका सभापति देउवालाई स्वागत गर्न संघीय सरकारका मन्त्रीदेखि केन्द्रीय नेता विमानस्थल पुगेका थिए । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, पूर्वउप–प्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वसूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, केन्द्रीय सदस्य अमृत अर्याल, कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापालगायत नेता विमानस्थल पुगेका थिए ।

देउवा विमानस्थलमा संचारकर्मीहरुसँग वर्तमान राजनीतिक विषयमा बोलेनन् । कार्यक्रममै आफ्ना धारणा राख्ने भन्दै उनी सुनसरीतर्फ लागे । उनले इनरुवाको बवियामा विशेश्वरप्रसाद कोइरालाको शालिक अनावरण गरेका छन् । देउवाले जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुनसरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १२:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro