site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘कुइनेटो’को अडियो 'जुकेवक्स' सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘कुइनेटो’को अडियो गीत ‘जुकवक्स’ सार्वजनिक गरिएको छ । मिडिया एन्ड इन्टरटेन्टमेन्टको व्यानरमा निर्माण भएको चलचित्र ‘कुइनेटो’को अडियो गीत ‘जुकवक्स’ हाइलाइट्स नेपालले सार्वजनिक गरेको छ । 
सार्वजनिक गरिएको अडियो गीतमा ‘आकासको जुन तिमी’, ‘जलेको जल्यै छ यो मन’ र ‘मै सानी सानी’ छन् । दशैंपछि प्रदर्शनको तयारी गरिएको  चलचित्र ‘कुइनेटो’मा श्रीदेव भट्टराई, सानीया खान, श्रीजु अधिकारी एनआर रिमाल, केशव सापकोटा, मोतीराम जैशी, गंगा भुजेल, किशोर विसी गोपाल क्षेत्री, रविन्द्र बम लगायतका कलाकारको अभिनय छ । 
जनकराज अधिकारीको छायांकन, प्रदिप दाहालको सम्पादन, किरण दाहालको द्वन्द्व रहेको यस चलचित्रलाई माधव खरेलले निर्देशन गरेका छन् । 
सुदुरपश्चिमका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रमा सुदुरपश्चिमको स्थानीय परिवेश र कथालाई समेटिएको छ । “शाही कालीन परिवार स्थानीय थारु समुदायका केटाकेटीबिचको माया पे्रमको द्वन्द्व चलचित्रमा उठाइएको छ,” निर्देशक खरेलले भने, “सुदुरपश्चिमको स्थानीय भाषा र कलाकारलाई प्रयोग गरेका छौं । स्थानीय जनजीवनलाई नै उतारिएको हुँदा केही हदसम्म भाषा र कलाकार पनि त्यहीँको प्रयोग गरिएको खरेलले बताए । उनले सुदुरपश्चिमको स्थानीय परिवेशलाई चलचित्रमा देखाइए पनि दर्शकले भने त्यसलाई आफ्नै ठान्ने बताए । 
निर्देशक खरेलले यही महिना ‘कुइनेटो’को टिजर र ट्रेलर सार्वजनिक गरिएको हो । 
Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७३  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro