site stats
बाह्रखरी :: Baahrakhari
देश
ललितानिवास प्रकरण : बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

उक्त रिट बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा ‘हेर्दाहेर्दै’मा परेको थियो । यही साउन १ गतेदेखि उक्त रिटमाथि लगातार चार दिनसम्म सुनुवाइ भए पनि हेर्दाहेर्दैमा परेको छ ।

ललितानिवास प्रकरणमा गैरन्यायिक थुनामा राखिएको भन्दै सचिव राउतसहित पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्