site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
भारतद्वारा चामल निर्यातमा रोक, विश्व बजारलाई नै असर पर्ने

काठमाडौं । भारतले चामल निर्यातमा रोक लगाएको छ । आफ्नो निर्यात नीतिमा संशोधन गर्दै भारतले आजैदेखि लागु हुने गरी चामल निर्यातमा रोक लगाएको हो । 

तर, निर्यातका लागि लोड भइसकेको चामलको निकासी हुने छ ।

Dabur Nepal
NIC Asia

सूचनामा भनिएको छ, “गैर–बासमती सेतो चामलको निकासीमा प्रतिबन्ध लगाइएको छ । यो सूचना भन्दा अगाडि नै निर्यातका लागि लोड भएका चामलको निकासी हुन्छ ।"

भारतीय बजारमा चामल मूल्य अत्यधिक बढेपछि निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय बजारमा पछिल्लो १० दिनमा मात्र चामलको मूल्य १० प्रतिशतले बढेको छ ।

भारतको प्रतिबन्धका कारण विश्व बजारलाई नै असर पर्न सक्ने रोयटर्सले जनाएको छ । विश्वभरबाट निर्यात हुने चामलको हिस्सा भारतको मात्र ४० प्रतिशतभन्दा बढी छ । 

भारतीय प्रतिबन्धनसँगै नेपाललाई पनि त्यसको असर पर्ने देखिन्छ । नेपालले सबैभन्दा बढी भारतबाट चामल आयात गर्छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro