site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विधान कार्यान्वयन नभएकोमा गौतमको आक्रोश : यहाँहरू राजा हो र हामीले हुकुम मान्नुपर्ने ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जयकुमार गौतमले पार्टीमा विधानको कार्यान्वयन गर्ने र विधिले शासन गर्ने विषयमा नेतृत्व प्रतिबद्ध नदेखिएको बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले पार्टी व्यक्तिले मनमौजीले नभई विधि र विधानले निर्देशित भएर चल्नुपर्ने बताए ।

“पार्टी विधि र विधानले चल्नुपर्छ । सबै नेता कार्यकर्ताले विधिविधान बमोजिम चल्छौँ भनेर प्रतिवद्धता जनाऔँ, अहिलेका आधा समस्या आफैँ हल हुन्छन्,” गौतमको प्रश्न छ, “ एउटा उदाहरण भन्छु, पार्टीमा टिकट कसले बाँड्ने हो ? संसदीय बोर्ड त छैन । मन्त्री कसले बनाउने हो ? संसदीय बोर्ड छैन । हामीले यो परिस्थितिलाई कसरी मुल्यांकन गर्ने ? कि यहाँहरू राजा हो र हामीले यहाँहरूको हुकुम मान्नुपर्ने ? कि विधिले शासन गर्ने हो ?”

Prabhu Bank
Agni Group
NIC Asia

उनले पार्टी नेतृत्व विधि र विधानप्रति प्रतिबद्ध नभएसम्म बेथिति नटर्ने र पार्टीप्रति जनताको धारणा पनि नबदलिने बताए । 

“केन्द्रीय समिति बैठक एक वर्षसम्म बस्दैन । केन्द्रीय सदस्यले भूमिका पाएको छैन, बोल्ने ठाउँ छैन, नेतृत्वले कुनै सोधी खोजी गर्दैन,” उनले थपे “यहाँहरूले जे गरेपनि हामीले केही बोल्न नहुने यो कस्तो लोकतन्त्र हो ? कस्तो पार्टी हो ?”

Global Ime bank

उनले अहिले पार्टीले तीन तहकै चुनावमा पहिलो दल बन्यो भनेर खुसीयाली मनाउनु आत्मरतिमा रमाउने काममात्रै हुने बताए । उनले चुनाव जिते पनि राजनीति हारेको बताए । आत्मरतिमा रमाएर बस्नुभन्दा आमनागरिकमा, कार्यकर्तामा, मतदातामा छाएको निराशालाई कसरी उत्साहमा परिणत गर्ने भनेर गम्भीर हुनुपर्ने बेला रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !