site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मणिपुरमा सडकमा निर्वस्त्र हिँडाएर सामूहिक बलात्कार, सर्वाेच्च र प्रधानमन्त्रीको कडा प्रतिक्रिया

काठमाडौं । भारतको मणिपुरमा महिला यौन हिंसाको डरलाग्दो घटनालाई लिएर सर्वाेच्च अदालत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिक्रिया जनाएका छन् । महिलामाथि भएको चरम यौन उत्पीडन भएको एक भिडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

घटना मे ४ मा घटेको र जुलाई १९ मा बाहिरिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । भिडियोमा कुकी जातिका दुई महिलालाई मेइती समुदायका पुरुषको समूहले सडकमा नग्न हिँडाएको देखिन्छ ।

महिला हिंसाको यो दर्दनाक घटनामा ती पुरुषहरूले महिलालाई नग्न रूपमा करिब डेढ किलोमिटर हिँडाएर दुर्व्यवहार गरेको बताइएको छ । उनीहरूले ती महिलालाई कुटपिट गरी अन्तिममा सडक छेउको खेतमा लगेर 'सामूहिक बलात्कार' गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियोमा महिलालाई उत्पीडन गरिरहेको देखिएका दुई व्यक्तिलाई बिहीबार बिहान पक्राउ गरिएको बताइएको छ । घटनाका मुख्य अभियुक्तको खुइरेम हेरोदास रहेका छन् ।

घटनालाई लिएर भारतीय प्रधामन्त्री मोदीले नयाँ दिल्लीमा संसद् भवन बाहिर बोल्दै भनेका छन्, “कानुनले आफ्नो बाटो लिन्छ। मणिपुरकी छोरीमाथि जे भयो माफी गर्न सकिँदैन ।”

“मणिपुर घटनाका कारण पूरै देश लज्जित छ,” मोदीले भनेका छन् । उनले सबै राज्य सरकारलाई कानुनी शासन सुनिश्चित गर्न आग्रह पनि गरेका छन् ।

भारतको सर्वोच्च अदालत आफैँले यसबारे राज्य र केन्द्र सरकारसँग जवाफ मागेको छ ।

भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचुडले यस घटनालाई 'संविधानको चरम दुरुपयोग' भनेका छन् । उनले सरकारले कदम नचाले अदालतले चाल्ने पनि बताएकाछन् । प्रधानन्यायाधीशले भने, “हामी सरकारलाई कारबाहीका लागि पहल गर्न थोरै समय दिनेछौँ । अन्यथा हामी आफैँ कदम चाल्नेछौँ ।”

मणिपुरमा गत मेदेखि कुकी र मेइतेई समुदायबीच द्वन्द्व चर्किएको छ । मेइती समुदाय मणिपुरको बहुसंख्यक जनसंख्या हो ।

उनीहरूले लामो समयदेखि सेड्युल्ड ट्राइब (एसटी)को दर्ता माग गर्दै आएका छन् । यसले उनीहरूलाई सरकारी जागिर र शैक्षिक संस्थाहरूमा आरक्षण सिट जस्ता केही फाइदा दिने छ ।

तर, मणिपुरको आदिवासी समूह कुकी समुदायले मेइती समुदायले मागेको एसटी दर्जाको विरोध गरेको छ । मेइती समुदायले सो दर्जा पाएमा कुकी र मणिपुरका अन्य आदिवासी समूहलाई फाइदा नगर्ने उनीहरूको भनाइ छ ।

करिब तीन महिनादेखि जारी द्वन्द्वमा करिब डेढ सयको ज्यान गएको र हजारौँ मानिसहरू विस्थापित भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

विवनबाट । 

सच्याइएको* यसअघि भुलवस प्रयोग भएको तस्बिर हटाइएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro