site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्य सेवामा सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत 
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन् । 

बिहीबार डिजिटल हेल्थ दिवसको अवसरमा मन्त्री बस्नेतले बेलायतबाट भिडियो सन्देशमार्फत सम्बोधन गर्दै सूचना प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवामा सबैको सहज पहुँच पुर्‍याउन लागि पर्ने बेला आएको बताए ।

७३ प्रतिशत परिवारमा मोबाइल सेवा र ३८ प्रतिशत परिवारमा इन्टरनेट पुगिसकेको अवस्थामा ५५ प्रतिशत स्वास्थ्य संस्थामा मात्र सूचना प्रविधिको पहुँच पुग्नु पर्याप्त नभएको मन्त्री बस्नेतको भनाइ छ । 

मन्त्रालयद्वारा आयोजित कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच स्थापना गर्न सूचना प्रविधिलाई स्वास्थ्य सेवासँग जोड्दै लैजानुपर्ने बताए । 

प्रविधिको प्रयोगले मात्र अहिलेको अवस्थामा स्वास्थ्य क्षेत्रका चुनौतीको सामना गर्न सकिने विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश एस. पाण्डवको दाबी छ । 

मन्त्रालयले ‘ई–हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको दिन (साउन ४) लाई मन्त्रालयले डिजिटल हेल्थ दिवसको रूपमा मनाइरहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी, सूचना तथा प्रविधि मन्त्रालयका अधिकारी, प्रदेश सरकारका स्वास्थ्य मन्त्रालय र क्षेत्रिय स्वास्थ्य निर्देशनालयका अधिकारीको सहभागिता रहेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro