site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसभित्र हिलो छ्यापाछ्याप हुँदा युवाहरू अरू पार्टीमा गए : उदयशमशेर राणा 

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा युवाहरूलाई पार्टीमा आकर्षण गर्ने कार्ययोजना नभएकाले युवा पलायन भएको कुरा उठेको छ ।

बिहीबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य उदयशमशेर राणाले देशभर कांग्रेस पहिलो दल भए पनि युवाहरूको आकर्षण नभएको बताए ।

“ठुलो पार्टी भए पनि एकप्रकारको निराशा छ । १८ देखि ३५ वर्षका साथीहरू हाम्रो पार्टीभन्दा पनि अरू पार्टीमा जान खोजेका छन्,” उनले भने, “हाम्रो केन्द्रमा आफूले अरूलाई हिलो छ्याप्ने काममा निराशा बढाएको छ । हाम्रो पार्टीभित्र र बाहिर प्रतिस्पर्धा हुन्छ, तर यसलाई फ्रेन्डली लिनुपर्छ । तर, कतिपय ठाउँमा आन्तरिक विवादमा केन्द्रित छ । घरभित्र केही समस्या देखा परेको छ ।”

उनले पार्टी रूपान्तरणको नाममा देशभर घुमेका नेताहरूले आन्तरिक गालिगलोजमा उत्रिएको बताए ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro