site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ल्याण्डफिल्ड साइटका स्थानीयवासी र सरकारबीचको बैठक निष्कर्षविहीन

काठमाडौं । ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयवासी र सहरी विकास मन्त्रालयबीचको बैठक बिना निष्कर्ष सकिएको छ ।

तीन दिनदेखि सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीय काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने सहरी विकासमन्त्रीको पहलमा बसेको बैठक बिना निष्कर्ष सकिएको हो ।

बैठकमा नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र स्थानीयवासीहरू र सहरी विकासमन्त्री सीता गुरुङसहित बसेको बैठक बिना निष्कर्ष सकिएको छ । बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ल्याण्डफिल्ड साइट प्रमुख रवीन्द्र बोहोराले सरोकारवाला र सरकारबीच भएको छलफल बिना निष्कर्ष सकिएको बताए ।

छलफलमा काठमाडौं महानगरका प्रतिनिधिको सहभागिता नभएकाले छलफल निष्कर्षमा पुग्न नसकेको भन्दै काठमाडौं महानगरपालिकासँग छलफल गरी निचोडमा पुग्ने उनले बताए ।

उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन हुँदै आएको बन्चरेडाँडामा दुई तीन दिनदेखि दुर्गन्ध फैलिएको भन्दै स्थानीयवासीहरूले फोहोरको गाडीहरू रोकिरहेकाले स्थानीयबासीहरूको माग सम्बोधन गरी तत्काल फोहोर व्यवस्थापन गर्ने बताए ।

उनले तत्काल बन्चरेडाँडामा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ र फोहोरबाट फैलिएको दुर्गन्धलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको बताए ।

छलफलमा ल्याण्डफिल्ड साइटबाट एक किलोमिटरसम्म झिँगाहरू फैलिएकाले स्थानीयहरूलाई बस्न अफठ्यारो भएकाले तत्काल झिँगा नियन्त्रण गर्ने र फोहोर बिसर्जन गरेपछि माटोले क्यापिङ गर्ने काम नभएकाले टाढासम्म दुर्गन्ध रोक्ने बताए ।

उनले झिँगा नियन्त्रण र माटो क्यापिङ लागि महानगरसँग बसेर निचोडमा पुग्ने बताए । उनले क्यापिङको लागि माटोको समस्या आएकाले विगतमा १७ सय रोपनी अधिकरण भएको जग्गाको सीमांकन हटाएकाले त्यसलाई पुनःसीमांकन गरेर माटो ल्याउने स्थान महानगरलाई उपलब्ध गराउने बताए ।

उनले फोहोर मान्छेसँगै बस्ने अवस्था नभएकाले अतिप्रभावित क्षेत्रका स्थानीयवासीहरूलाई मुआब्जा दिएर स्थान्तरण गर्न इआईए गर्न भोलिदेखि नै प्राविधिक खटाउने बताए । उनले इआर्ईए प्रतिवेदन आएपछि प्रभावित क्षेत्रका स्थानीयहरूलाई मुआब्जा दिएर स्थान्तरण गरिने बताए ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro