site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसमा पदाधिकारी र कार्यसम्पादन समितिको सिडिकेन्ट भयो : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समितिको सिडिकेन्ट बन्दै गएको बताएका छन् । पार्टी मुख्य कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले पदाधिकारी र कार्यसम्पादन समितिको नाममा केन्द्रीय समितिको ओज घटाउने काम भइरहेको बताए ।

उनले पार्टीको विधान कार्यान्वयन पनि नभएको बताए । विधान कार्यान्वयनका लागि पुनःसंकल्प प्रस्ताव पारित हुनुपर्ने उनको माग छ ।

Dabur Nepal
NIC Asia

“पार्टीभित्र आन्तरिक समन्वय भएन । विशेष गरेर पदाधिकारी र सम्पादन समिति सिन्डिकेट भयो । केन्द्रीय समितिको ओजलाई कम गरेको छ,” उनले भने । 

महरले गठबन्धन गरेर बहुमत आउने भनिए पनि नतिजा सन्तोषजक नआएको बताए । साथै अर्को चुनावमा कसैको वैशाखी नटेकी लड्ने पार्टी बनाउनुपर्ने उनको धारणा छ । 

महरले निर्वाचन प्रणाली र संविधानको विषयमा विभिन्न प्रश्न उठिरहेको भन्दै यसतर्फ पनि पार्टीले ध्यान दिनुपर्नेमा जोड दिए । 

“निर्वाचन प्रणाली खर्चिलो भएको हो कि भन्ने छ । संविधान संशोधन गरेर निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ भने छलफल हुनुपर्छ र यो काम कांग्रेसले गर्नुपर्छ,” उनले थपे । 

साथै उनले कार्यसम्पादनमा रहेका नेताहरूलाई विभागको जिम्मेवारी दिन नहुनेमा जोड दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १३:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro