site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
पुराना गीत रि–रेकर्ड गर्दै प्रेमराजा महत, भन्छन्– नयाँ पुस्तालाई पुराना गीत सुनाउनु मुख्य उद्देश्य  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गायक प्रेमराजा महत यतिबेला आफ्ना पुराना गीतको रि–रेकर्डमा जुटेका छन् । डोयट् र सिंगल गायनमा रहेका आफ्ना लोकप्रिय गीतलाई उनी रि–रेकर्ड गरिरहेका छन् । 

यसैक्रममा उनले चार दशक पहिला रेकर्ड भएको गीत ‘पानको पात’ रि–रेकर्ड गरेका छन् । बमबहादुर कार्कीसँग डोयट् रहेको गीत उनले रि–रेकर्ड गरेका हुन् । अन्य गीत पनि रेकर्ड गर्ने योजना रहेको उनले सुनाए ।  

Prabhu Bank
Agni Group
NIC Asia

“भर्खरै मात्रै बमबहादुर कार्की र मैले पानको पात रि–रेकर्ड गराएका छौँ । आज पनि म एउटा गीत रेकर्ड गर्दै छु,” महतले बाह्रखरीसँग भने, “मेरा अरु पनि थुप्रै लोकप्रिय गीत पनि छन् । ती गीत रि–रेकर्ड गराउने सोचमा छु ।” 

केही समय अगाडि बन्दीपुरैमा बोलको गीत पनि आफूले रि–रेकर्ड गराएको स्मरण गर्दै उनले नयाँ पुस्तामा जान आवश्यक रहेको महसुस गरेको बताए । “हामीले क्यासेटको जमनामा काम गर्‍यौं । अहिले चिप्समा गीत रेकर्ड हुन थाल्यो,” उनी भन्छन्, “अहिलेको पुस्ताले क्यासेटमा गीत सुन्दैन ।” त्यसैले पनि पुराना गीत नयाँ पुस्तामा पनि पुगोस् भन्ने आफ्नो चाहना रहेको उनले सुनाए । 

Global Ime bank

“हामीले काम गर्दा पुवर रेकर्डिङमा काम गर्‍याैं । अहिले सुविधासम्पन्न प्रविधि आएको छ । त्यतिबेला छुटेका कतिपय बाजागाजा समावेश गरेर नयाँ पुस्तामा आउनु पर्छ भनेर पनि मैले रि–रेकर्ड गर्दै छु,” उनी अगाडि थप्छन्, “केही गीतको भिडियो पनि बनाउँदै छु । महंगो भए पनि हाम्रो कला, संस्कृति र साहित्यसँग जोडिएका गीत नयाँ पुस्तामा पुग्नुपर्छ भन्ने मेरो उद्देश्य छ ।” 

प्रेमराजा महतका दर्जनौं गीत लोकप्रिय छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय