site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मैत्रीपूर्ण खेलमा स्थानीय क्लबविरुद्ध बायर्नका १३ खेलाडीले गरे २७ गोल

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले प्रि-सिजनको पहिलो खेलमा स्थानीय क्लब रोट्याच-एगर्नविरुद्ध २७-० को फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा एगर्नविरुद्ध बायर्नका १३ खेलाडीले गोल गरेका थिए । जसमध्ये जमल मुसियाला, म्याथिस टेल र मार्सेल साबिट्जरले पाँच-पाँच गोल गरे ।

Dabur Nepal
NIC Asia

खेलको पहिलो हाफमा नै बायर्नले एगर्नविरुद्ध १८ गोल गरेका थियो । तर, दोस्रो हाफमा भने बायर्नले नौ गोलमात्र थप्न सफल भयो ।

बायर्नको यो फराकिलो जिनमा सर्जी गिन्याब्रीले ह्याट्रिक गरे । यसबाहेक, अल्फान्सो डेभिस, कोनरार्ड लाइमेर, नौसाइर माजराओइ, ड्याओट उपामेकानो, लोरे साने, रफाइल गुइरेरो, र्यान ग्राभेन्बेर्च, किंस्ले कोमन र साडियो माने बायर्नका लागि गोल गर्ने अन्य खेलाडी थिए ।

बायर्नले यसअघि पनि एगर्नलाई सन् २०१९ मा २३-० ले हराएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro