site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस केन्द्रीय समिति बैठक : केन्द्रीय सदस्यहरूले धारणा राख्ने 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ । हिजोबाट सुरु भएको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

बैठकको पहिलो दिन मंगलबार विभिन्न प्रतिवेदन पेस भएका छन् । अब केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने बताइएको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठक लाइभ गरिएको थियो । 

Dabur Nepal
NIC Asia

मंगलबारको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका छन् । थापाले २०८० को साउनदेखि ०८१ को असार मसान्तसम्म गर्ने गतिविधि समेटिएको वार्षिक क्यालेन्डर प्रस्तावको रुपमा पेस गरेका हुन् ।

डिजिटलाइज हुँदै कांग्रेस– केन्द्रीय समिति बैठककै प्रत्यक्ष प्रशारण

थापाले प्रस्तुत गरेको क्यालेन्डरअनुसार हरेक महिना एक विशेष उद्देश्यसहितका कार्यक्रम तोकिएका छन् । क्यालेन्डरअनुसार केन्द्रीय सदस्यहरूले वर्षको एक महिना पार्टीको कामबाट बिदा पाउने छन् । त्यसबाहेक ११ महिना कुनै न कुनै कार्यक्रम र अभियानमा निरन्तर संलग्न हुनुपर्नेछ ।

बैठकमा अनुशासन समिति, निर्वाचन समिति लगायतको प्रतिवेदन प्रस्तुत भएको छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro