site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बैंककमा बिम्स्टेक विदशमन्त्रीस्तरीय बैठक : आपसी सहयोगलाई सुदृढ पार्ने विषयमा छलफल 

काठमाडौं । थाइल्यान्डको बैंककमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को विदेशमन्त्रीस्तरीय ‘रिट्रिट’ बैठक सम्पन्न भएको छ ।

सोमबार सम्पन्न बैठकमा बिम्स्टेक सदस्य राष्ट्र नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका, म्यानमार र थाइल्यान्डका विदेशमन्त्री सहभागी भएका थिए ।

Argakhachi Cement Island Ad

“बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीहरूले आपसी सहयोगलाई सुदृढ पार्ने उपायहरूमा फलदायी छलफल गरेका छौँ,” बैठकमा सहभागी परराष्ट्रमन्त्री एनपी साउदले भने, “ऊर्जा, प्रसारणलाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्रहरू थिए ।”

बिम्स्टेकको विदेशमन्त्रीस्तरीय रिट्रिटमा सहभागी हुन गएको आइतबार परराष्ट्रमन्त्री साउद बैंकक गएका थिए ।

बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच ‘साइडलाइन’ वार्ता हुने कार्यक्रम पनि छ । परराष्ट्रमन्त्री साउद आउँदो मंगलबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्