site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मुद्दती निक्षेपमा ब्याजदर बढाउने पाँच वाणिज्य बैंक

काठमाडौं । वाणिज्य बैंकहरूले साउन १ गतेदेखि लागु हुने ब्याजदर सार्वजनिक गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये केहीले हाल दिँदै आएको ब्याजदरभन्दा घटाएका छन् । केहीले बढाएका छन् ।

यसअघि २० वाणिज्य बैंकले नै व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिँदै आएका थिए । साउनबाट वाणिज्य बैंकहरूले आफ्नै किसिमले ब्याजदर घटबढ गरेका छन् ।

ब्याजदर बढाउनेमा एनएमबि, एनआईसी एसिया, प्राइम कमर्सियल, नबिल र कुमारी बैंक छन् । यी पाँच बैंकले ब्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिएसँग यी बैंकबाट प्रवाह हुने कर्जाको ब्याजदर पनि महँगिनेछ । यसअघि वाणिज्य बैंकहरूले ब्यक्तिगत निक्षेपमा दिने ब्याजदर एउटै थियो । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले भद्रसहमति तोडेपछि बैंकहरूले आफ्नै हिसाबले ब्याजदर तोकेका हुन् ।

एनएमबि बैंकले १० वर्षे वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा १०.९८ प्रतिशत ब्याज दिने भएको छ । त्यस्तै, यो बैंकले एक वर्षदेखि २ वर्षमुनिको मुद्दती निक्षेपमा ९.५० प्रतिशत र दुई वर्षदेखि १० वर्षमुनिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत ब्याज दिने भएको छ ।

प्राइम कमर्सियल बैंकले तीन महिनादेखि माथिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने जानकारी दिएको छ । एनआईसी एसिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.९४ प्रतशित ब्याज दिने छ । दुई वर्षभन्दा माथिको व्यक्तिगत निक्षेपमा नबिल बैंकले १०.४९ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसैगरी कुमारी बैंकले भने पाँच वर्षभन्दा बढीको व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याज दिने सूचनामार्फत जानकारी गराएको छ । यसरी मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैंकबाट प्रवाह कर्जाको ब्याजदर पनि महँगो हुने गर्छ । निक्षेपमा ब्याजदर बढ्दा बैंकहरूमा पैसा तान्ने प्रतिस्पर्धा चल्ने छ । सस्तोमा निक्षेप संकलन गर्नेले भने सस्तोमा नै कर्जा लगानी गर्ने गर्छन् ।

बाँकी १५ वाणिज्य बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशतभन्दा कम ब्याज दिने भएका छन् । 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro