site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पल शाहलाई सफाइ दिने अदालतको फैसलामा के छ ? (पूर्णपाठ)

काठमाडौं । उच्च अदालत पोखराबाट बालिका बलात्कार मुद्दामा अभिनेता पल शाहलाई सफाइ दिने गरी भएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । 

उच्च अदालतका न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पललाई गएको फागुन १४ गते सफाइ दिएको थियो ।

३१ पृष्ठको पूर्णपाठमा पीडितले नै प्रतिवादीबाट आफूमाथि कुनै प्रकारको यौन दुरुपयोग नभएको बकपत्र गरेका जबरजस्ती करणी भन्न नमिल्ने उल्लेख छ । पूर्णपाठमा उल्लेख भएअनुसार उनले बुवाले अरूको उक्साहटमा पलविरुद्ध जाहेरी दिएको पनि बताएकी छन् । 

"निज निर्दाेष छन् भन्ने समेत बेहोराबाट बकपत्रमा गरेको देखिन्छ । यसरी जो व्यक्ति पीडित भयो भनी जाहेरी दरखास्त परेको छ र आफू जबरजस्ती करणीको वारदातमा परी पीडित भएको भनी मौकामा कागज गर्दछिन् उनै व्यक्तिले अदालतमा उपस्थित भई आफू पीडित होइन, मेरो बुवाले अरूको उक्साहटमा जाहेरी दिएको र प्रतिवादीबाट कुनै प्रकारको यौन दुरुपयोग नभएको भनी सुरु अदालतमै व्यक्त जाहेरवाला निज पीडितकै पिता र नाबालिकाले बकपत्र गरेको स्थितिमा अभियोग दाबी बमोजिमको जबरजस्ती करणीको वारदात भएको भन्न मिल्ने देखिएन," आदेशको पूर्णपाठमा भनिएको छ ।

हेर्नुहोस् पूर्णपाठ :

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro