site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जीप दुर्घटनामा एक बालिकाको मृत्यु, ११ घाइते

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गएराति भएको जीप दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका अनुसार सदरमुकाम कुश्माबाट दुर्लङका लागि छुटेको ग१ज ५२२९ नम्बरको जीप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएकी कुश्मा–३ की सात वर्षीया बालिका शीतल विकको उपचारका क्रममा मृत्यु भएको छ । टाउको र आँखामा गम्भीर चोट लागेकी उनको उपचारकै क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।

सोही स्थानका चार वर्षीय प्रिन्स क्षेत्री र ५० वर्षीया चन्द्रकला क्षेत्रीलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको छ । प्रहरीका अनुसार उनीहरू दुवैको अवस्था मध्यम छ । दुर्घटनामा दुर्लुङकै तीन वर्षीय सौरभ विक, २३ वर्षीया शान्ति विक, ७० वर्षीय कृष्णप्रसाद पाध्या, १६ वर्षीय निशान परियार, ५५ वर्षीया हीरादेवी मगर, ३५ वर्षीय मीनबहादुर क्षेत्री, ४७ वर्षीय अमृत शर्मा, ७६ वर्षीय भजत शर्मा, पोखरा बस्ने १६ वर्षीय अमर विक घाइते भएका छन् ।

उकालो बाटोमा जीप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको थियो । रासस

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०८:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro