site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
गत वर्षको तुलनामा धान रोपाइँमा कमी 

काठमाडौं । रोपाइँको सिजन मानिने असारमा गत वर्षको भन्दा कम रोपाइँ भएको छ । 

चालु वर्षको असार २९ गतेसम्म कुल क्षेत्रफलको ५३ प्रतिशत भूभागमा रोपाइँ भएको छ । गत वर्ष असार २९ गतेसम्म धान रोपाइँ हुने क्षेत्रफलको ६५ प्रतिशत भागमा रोपाइँ भएको थियो ।

देशभर कुल १३ लाख ५७ हजार ८१६ हेक्टरमा रोपाइँ हुन्छ । यो वर्षको असार २९ गते (शुक्रबार)सम्म सात लाख १८ हजार ४७६ हेक्टर जमिनमा रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्यांक छ । 

विशेषगरी कोसी, मधेस र वाग्मती प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा लम्पिस्किन रोगका कारण गोरुको अभावका कारण रोपाइँ थोेरै प्रभावित भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पिस्किन रोगको प्रभाव कम हुँदै जाँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने अपेक्षा गरिएको छ । 

धान रोपाइँ कम भए त्यसको प्रत्यक्ष प्रभाव आर्थिक वृद्धिमा पर्ने भएकाले स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने पूर्वसचिव योगेन्द्रबहादुर कार्की बताउँछन् ।

यो वर्ष कोसी प्रदेशमा ५६ प्रतिशत, मधेसमा २८ प्रतिशत, वाग्मतीमा ४५ प्रतिशत, गण्डकीमा ४७ प्रतिशत, लुम्बिनीमा ६४ प्रतिशत, कर्णालीमा ७० प्रतिशत र सुदूरपश्चिममा ८५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

Dhan Ropai1689342284.JPG

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro