site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको बैठकले आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० बहुमतले पारित गरेको छ । 

शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकोमा बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । 

Argakhachi Cement Island Ad

उक्त विधेयकहरू संशोधनबिना मूलरूपमै पारित भएको छ । बैठकमा राष्ट्रियसभाका सांसदहरूले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गरेपनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो । 

त्यसअघि बैठकमा आर्थिक विधेयक २०८० माथि दफावार छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री डा. प्रकाशशरण महतले सुर्तीजन्य वस्तुमा कर नघटाइएको बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्