site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्रीको राजीनामा माग
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल निर्माण व्यवसायीले निर्माणकार्यको म्याद थप गर्न माग गर्दै धर्ना दिएका छन् । शुक्रबार काठमाडौंको माइतीघरमा भेला भई निर्माण व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्दै धर्ना दिएका हुन् ।

निर्माण व्यवसायीले गरेको कामको भुक्तानी अर्थमन्त्रीले नदिने भनेको भन्दै उनीहरूले अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताए । निर्माण व्यवसायीले गरेका कामको भुक्तानी नपाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ ।

KFC Island Ad
NIC Asia

सरकारले भुक्तानी नदिँदा बैंकले निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको, मजदुरलाई पारिश्रमिक दिन नसकेकोलगायत समस्या झेल्नुपरिरहेको भन्दै उनले सरकारले भुक्तानी गर्न नसके तत्काल यस्ता आयोजना खारेज गर्नुपर्ने उल्लेख गरे ।

उनले निर्माण व्यवसायीसँग सम्झौता गरेर भुक्तानी गर्न सक्दिनँ भन्न सरकारले नपाउने पनि बताए । लामो समयदेखि निर्माणको काम ठप्प भइरहेको र यसको प्रमुख कारण सरकारले काम गर्ने वातावरण बनाउन नसकेको उनको जिकिर छ ।

Royal Enfield Island Ad

विरोध कार्यक्रममा महासंघका उपाध्यक्ष रामजी पन्तले भुक्तानी दिन नसक्ने अर्थमन्त्रीले तत्काल राजीनामा दिनु पनि माग गरे ।

व्यवसायीले ‘माइलस्टोनको व्यवस्था तुरुन्त खारेज गर्’, ‘मूल्य समायोजन तुरुन्त कार्यान्व्यन गर्’, ‘असार मसान्तमा निर्माणकार्यको बाँकी रकम तुरुन्त भुक्तानी गर्’, ‘निर्माणकार्यको म्याद थप गर्’, ‘व्यवसायीले आत्मदाह गर्ने क्रम बन्द गराऊ’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro