site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
उमेरले जेठो कान्छो  विचारले पुरानाे

बहुदलीय प्रणालीमा राजनीतिक दलहरु स्थापना गरिन्छन् । कतिपय दल विघटनसमेत हुनेगर्छन् । नेपालकै सन्दर्भमा पनि यस्तो भएको छ । दलहरूको जीवन्तता र नयाँपन वा दल नयाँ  पुरानो मान्ने कारण के हुन्छ ? 

नयाँ राजनीतिक दल स्थापना भए पनि त्यसको विचार नयाँ वा पुरानो दुवै हुनसक्छ । उदाहरण– नेपाली कांग्रेस नेपालको दलीय इतिहासमा जेठो र दक्षिण एसियाकै पुरानो दलमध्ये एक हो । यहाँ प्रयोग भएको ‘जेठो र पुरानो’ शब्दको अर्थ उस्तै मिल्ने होइन । जेठो र पुरानो पहिचानमा केही समानता र धेरै भिन्नता छ ।

प्रसंगवश कांग्रेसको सन्दर्भमा कसैले पुरानो र कसैले जेठो पार्टी भन्ने गरेको सुनिन्छ । सँगसँगै प्रयोग पनि गरिन्छ । यी दुई शब्द कतै समानार्थी हुन् कि भन्ने लाग्छ । कतिपय प्रयोग यसरी नै भएको भान पर्छ । तर जेठो सम्बोधनको र पुरानो भनिनुको अर्थ भने भिन्न हुन्छ । यही भिन्नताले कांग्रेसमा रूपान्तरण र शुद्धीकरणको बहस सतहमा आएको हुनुपर्छ । 

KFC Island Ad
NIC Asia

सहजताको लागि नेपाली कांग्रेस हाम्रो देशको जेठा वा पुरानो पार्टी हो भन्न मिल्छ । तर, जेठो के कारण र पुरानो के कारण ? भन्ने प्रश्न पनि सँगसँगै आउँछ । स्थापनाको मितिले जेठो वा पुरानो ? जेठो स्थापना, जन्म र प्रायः पहिलो हुनुले भनिन्छ । तर, पुरानो भनिने कारण यतिमै सीमित बुझिनु हुँदैन । 

आधुनिक नेपाली राजनीतिमा अग्रणी भूमिका निर्वाह गरेको कांग्रेस स्थापनाले पनि यहाँको जेठो दल हो । तर, पुरानो दल भन्न भने आंशिकरूपले मात्रै मिल्ला । त्यसो त यतिबेला कांग्रेसलाई विचार र सिद्धान्तको ताजगीको स्थिति हेर्दा पुरानो र जेठो भन्नुमा त्यति अन्तर नहोला । 

Royal Enfield Island Ad

जेठो स्थापनाले बनाउँछ । पुरानो विचार, सिद्धान्त र कार्य योजनाले पनि निर्धारण गर्छ । जेठो हुँदैमा पुरानोसमेत हुनैपर्छ भन्ने होइन । कांग्रेस यतिबेला विचारले पनि पुरानो हुँदैछ । विचारमा सामयिकता, सिद्धान्तमा ताजगी र कार्य योजनामा नयाँपन नहुँदा वा समय एवं समाजलाई सम्बोधन गर्न नसक्दा दलहरू पुराना भनिन सक्छन् । 

नेपाली कांग्रेस यही चरणबाट गुज्रिँदै छ । यस कारण यतिबेला कांग्रेसलाई पुरानो दल भन्नु अन्यथा लाग्दैन । किनभने ऊ विचार शून्य व्यवहारतिर जाँदैछ । विचारलाई व्यवहारले छायामा पारिदिएको छ वा ‘बाउ,बाजेले घिउ खा’थे, मेरो हात सुँघ’भन्ने अवस्थामा यतिबेलाको कांग्रेस छ ।

अमेरिकाको डेमोक्रेटिक पार्टी दुई सय वर्षअघि ( सन् १८२८ मा) स्थापना भएको हो । यहाँ गणतान्त्रिक र प्रतिस्पर्धात्मक चुनाव हुन थालेको पनि दुईसय छत्तीस वर्षभन्दा ( सन् १७८७ देखि) बढी भएको छ । यस्तै बेलायतको कन्जरभेटिभ (टोरी) पार्टी स्थापनाको (सन् १८३४) पनि दुईसय वर्षभन्दा लामो अवधि पार भएको छ । 

अन्य मुलुकमा पनि स्थापनाले पुरानो भनिने दलहरू अहिले आआफ्नो मुलुकमा प्रभावशाली नै छन् । शक्तिशाली देशका त्यस्ता दल विश्व व्यवस्थामा समेत केही न केही  दखल राख्ने हैसियतमा पनि छन् । कतिपय सक्किएका पनि छन्, होलान् । तर, सबै सक्किएका छैनन् । 

धेरैजसो स्थापना (जन्म) दिवसले (जेठो) पुराना भनिने दलहरुकै शासन छ दुनियाँका देशमा । त्यस्ता दल जेठा हुनसक्छन् तर पूर्णतः पुराना भने भन्न मिल्ने होइनन् । ती जेठा वा पुराना भनिने दलहरु अहिलेसम्म पनि किन वा के कारण प्रभावशाली छन् त ? पुनर्ताजगीकै कारण त होला ? 

बाँचेका ती जेठा दलले विचारलाई नयाँ पन दिए । समयलाई सम्बोधन गर्न सिद्धान्तको परिमार्जन गरे । मूलभूत सिद्धान्तमा परिवर्तन नै त होइन तर परिमार्जन समय र समाजलाई सम्बोधन गर्न गरिने हो । दलहरुको जीवनको लागि यो निरन्तरको प्रक्रिया हुनुपर्छ । कतिपय दलले आफ्नो मूलभूल मान्यतामा समेत परिवर्तन गरेर जीवन जोगाउने गरेका छन् । 

जस्तै (सय वर्षभन्दा पुरानो) चीनको सत्ताधारी कम्युनिस्ट पार्टी (सीपीसी) को आर्थिक मान्यता साम्यवादी हो । उसले राजनीतिमा कम्युनिस्ट (एक दलीय) मान्यतालाई पछ्याउँदै अर्थनीतिमा पुँजीवाद मिसाएको छ । अर्थात्, आर्थिक मान्यता पूरै परिवर्तन गरेर विकास र जीवन सीपीसीले हासिल गरेको छ ।

नेपालको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद(जवज)’   परिवर्तको यही धरातलमा आएको हो । छद्म षड्यन्त्रको दस्तावेज होइन भने एमालेको जवज राजनीतिक र आर्थिक दुवै दृष्टिले परिवर्तन हो ।          

अधिनायवादी, एक दलीय त्यसमा पनि ‘वर्गीय अधिनायकवादी’ सिद्धान्त प्रेरित एमालेले बहुदलीय प्रतिस्पर्धा स्वीकारेपछि परिमार्जन मात्रै होइन, परिवर्तन भयो । आर्थिक नीतिमा पनि यही भएको छ । कम्युनिस्टहरु बारम्बार सत्तामा पुग्दा तिनको अर्थनीति समाजवादी शब्द कलेवरभित्र खुला र पुँजीवादी मान्यता लिएरै हिँडेको छ ।

पुरानो र नयाँ वा जेठोभन्दा यहीँको अर्को उदाहरण हो–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल (थापा समूह) । यी पार्टीको स्थापना २०४६ सालको जनआन्दोलनले ल्याएको बहुदलीय प्रजातन्त्रपछि कायम भएको हो । 
राप्रपा स्थापनाले कति वर्षको भयो ? तीन दशक थप तीन वर्ष । यसलाई नयाँ पार्टी भन्ने कि पुरानो ? विचारले तुलना गर्दा राप्रपा पुरानो पार्टी हो । यसलाई केही वर्ष अघिसम्म खासगरी कम्युनिस्टहरुले पश्चगामी पार्टी भन्ने गर्थे । विचारले पश्चगामी हो भने त्यो पार्टी कसरी नयाँ मानिने ? विचारको पुरानो भयो । स्थापनाले राप्रपा कान्छो हारको भए पनि विचारले धेरै पुरानो भयो ।    

अहिले केही त्यस्तै पार्टीको आगमन भएको छ । मुलुकी राजनीतिमा ती कति टिक्छन् यकिन छैन । त्यसो त  यकिन कसको पो होला र ? कुनै बेलाको ऐतिहासिक पार्टी प्रजापरिषद् पनि रहेन । गोर्खा दल पनि बचेन । 

दलहरु बाँच्ने सिद्धान्त र व्यवहारको संयोजनले हो । समय र समाजलाई सम्बोधन गर्नसक्दा बाँच्ने हो । आगमित नयाँ दल तिनको सैद्धान्तिक स्पष्टता छैन । तिनलाई लोकप्रियतावादी करार गरिँदैछ । हो पनि । 

त्यस्तो दलको केही कुरा बाहिर आएको भए पनि ती न ‘हाँसको चाल, न कुखुराको चाल’ भने जस्ता बहुअर्थी, विरोधाभाषी वा अन्तरविरोधी विचारको जोडजाड छ । त्यसले समाजलाई सम्बोधन गर्न सक्दैन । त्यसैले यस्ता दलले आफ्नो अस्तित्व अरूलाई दुत्कार्ने र अरूको दोष देखाएर बचाउने उपाय गरेका हुन्छन् । 

दलहरूको पहिचान अर्थात् अनुहार विचार वा आदर्श हो । विचारले नै संगठन र शक्ति पाइन्छ । दलको ऊर्जा यसैमा छ । विचारशून्यता वा भ्रमोत्पादक विचार पहिचानहीनता पनि हो । यस्तो अवस्थामा कुन दललाई पुरानो मान्ने र नयाँ भन्ने ? नयाँ सिसीमा पुरानै पदार्थ भने जस्तालाई–नयाँको पगरी कसोरी सुहाउँछ र ? 

यही अर्थमा दलहरूको जेठो र पुरानो सम्बोधन अवस्थितिबीच अर्थ भिन्नता छ ‘?’      

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro