site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाँच वर्षदेखि जटिल रोगको सामना गरिरहेकी थिइन् सीताले 

काठमाडौं । प्रधानमन्त्री पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको छ । काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचारकै क्रममा बुधबार बिहान ८ः३३ मिनेटमा निधन भएको हो ।

उनमा ६ वर्षदेखि देखिएको एक दुर्लभ रोग थियो पीएसपी । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी रोग पार्किन्सन जस्तो जटिल रोग उनमा देखिएको थियो ।  यस रोगबाट पीडित सीताको मानसिक असन्तुलन, बोल्न र हिँड्न समस्या देखिएको थियो ।

२०७४ सालमा छोरा प्रकाश दाहालको निधन भएपछि उनमा यो रोगले झनै च्यापेको थियो । २०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालको निधन भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०९:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro