site stats
बाह्रखरी :: Baahrakhari
कला
राजाराम पौडेल भन्छन्– नेताहरूलाई देखेर व्यंग्यले पनि लाज मान्छ

काठमाडौं । हास्य कलाकार राजाराम पौडेलले नेताहरूले व्यंग्यलाई गम्भीर रूपमा नलिने गरेको बताएका छन् । कलाकारको व्यंग्य सुने पनि नेताहरूले त्यसलाई गम्भीर रूपमा लिने नगरेको पौडेलको भनाइ छ । 

“हामीसँग भेट्दा शीर्ष नेताहरू तपाईंहरूका कार्यक्रम हेर्छु भन्नुहुन्छ । तर, यसलाई उहाँहरू गम्भीर रूपमा लिनुहुन्न,” राजाराम बाह्रखरीसँग भन्छन्, “बरु उहाँहरूलाई देखेर व्यंग्य आफैँ लजाउँछ होला तर नेताहरूलाई लाज लाग्दैन ।” 

Argakhachi Cement Island Ad

यद्यपि, व्यंग्यले सधैँ काम नगर्ने भन्ने नरहेको उनी बताउँछन् । हास्यव्यंग्यकै कारण केही राजनीतिक निर्णय र सुधार भएको राजारामको भनाइ छ । 

“मोहियानीको ठूलो समस्या थियो । त्यो समय महजोडीको टेलिचलचित्र लालपुर्जा आयो । त्यो टेलिसिरयल आएपछि मोहियानी सम्बन्धी कानुन बन्यो,” राजाराम भन्छन्, “कानुन बनेपछि मोहियानीको समस्या धेरै हटेको थियो । केही सुधार भने हास्यव्यंग्यकै कारण भएको पनि छ ।” 

लाज, सरम र इमान भएको नेताले मात्रै व्यंग्यलाई मनन् गरेर त्यसलाई कार्यान्वनमा जाने तर नैतिकता र जिम्मेवारीबाट पन्सिनेहरूलाई भने व्यंग्यले खासै अर्थ नराख्ने उनको अनुभव छ । 

“नेताहरू बेइमान नै परे भने त कसैको केही लाग्दैन,” उनी भन्छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०५:३०
प्रतिक्रिया दिनुहोस्