site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कोका–कोला नेपालले सक्षम एक्सेलेटर र मेन्टरसिपमार्फत महिला उद्यमीलाई सशक्त बनाउँदै

काठमाडौं । कोका–कोला नेपालले एटेलियर प्लेटफर्म प्रा. लि.सँगको सहकार्यमा युवा महिला उद्यमी एक्सेलेरेटर र मेन्टरसिप कार्यक्रमको सफल कार्यान्वयन गरेको छ । यो कार्यक्रम कोका–कोला नेपालको महिला सशक्तिकरण कार्यक्रम ‘सक्षम’को एक महत्वपूर्ण भाग हो ।

यसले नेपालमा महिलाहरूद्वारा सञ्चालित स्टार्टअपहरू र सम्भावित स्टार्टअपहरूलाई व्यापक सहयोग र मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ, जसले कोका–कोलाको मूल्य शृंखलाभन्दा बाहिर महिला सशक्तिकरण गर्ने प्रतिबद्धतालाई विस्तार गर्ने जानकारी दिइएको छ ।

Dabur Nepal
NIC Asia

युवा महिला उद्यमी एक्सेलेटर र मेन्टरसिप कार्यक्रमले अप्रिल २०२३ मा आवेदन खोल्दा काठमाडौं, पोखरा र चितवनभरका उत्साही महिला उद्यमीहरूबाट अत्याधिक प्रतिक्रिया प्राप्त भएको पनि बताइएको छ ।

आवेदकहरूबाट आठ फाइनलिस्टहरूलाई उहाँहरूको नवीनताको विचार र सफलताको सम्भावनाको आधारमा छनोट गरिएको थियो ।

यी फाइनलिस्टहरूमा केही क्राफ्ट्सका वृन्दा दिवान, डुलुवा आउटडोर्सका मेनुका गुरुङ, साउथ एण्ड साउथ ईस्ट प्रोजेक्टका प्रकृति बस्याल, लर्नर्स रुमस्ः ए पाथ टु विजडमकी राशी महर्जन, सच्र्डकी रोजिना बराल, बाया–इन्जाइम्सकी सरला महर्जन, ग्रीनस्पेस नेपालकी शान्ति राई र स्वच्छ महिनावारीकी यजु महर्जन रहेका छन् ।

कार्यक्रम सुरु गर्नको लागि जुन ११, २०२३  मा एक ओरियेण्टेसन सेसन आयोजित गरिएको थियो । फाइनलिस्टहरूले सम्मानित स्पिकर र सल्लाहकारहरूको नेतृत्वमा सेसनहरूमा भाग लिने अवसर पाएका छन् ।

जसमा लैंगिक र महिला अधिकार, नारीवाद र नेतृत्व, कानुनी प्रक्रियाहरू, जलवायु परिवर्तन, मार्केटिङ रणनीति, वित्त र बैंकिङमा पहुँच, डिजिटल मार्केटिङ, लाभदायक प्रस्तुतीकरण जस्ता आवश्यक विषयहरू समेटिएको छ ।

टप थ्री सहभागीहरूमा प्रत्येकलाई एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिने कम्नपीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro