site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थ्रेड्सले पायो पाँच दिनमा १० करोड प्रयोगकर्ता
Tiktok banner adTiktok banner ad

पेरिस । ट्विटरको प्रतिद्वन्द्वीका रूपमा इन्स्टाग्रामले सुरु गरेको थ्रेड्स एपले पाँच दिनभन्दा कम अवधिमा १० करोडभन्दा बढी प्रयोगकर्ता पाएको छ ।

डेटा ट्र्याकिङ वेबसाइटहरूका अनुसार सबैभन्दा छिटो लोकप्रिय बनेको एप च्याट जीपीटीको कीर्तिमान थ्रेड्सले भङ्ग गरेको छ ।

च्याट जीपीटीलाई १० करोड प्रयोगकर्ता पुर्‍याउन दुई महिना र भिडियो एपका रुपमा लोकप्रिय टिकटकलाई नौ महिना लागेको थियो । इन्स्टाग्रामलाई त्यति सङ्ख्या पुर्‍याउन साढे दुई वर्ष लागेको थियो ।

बुधबार र बिहीबार १०० देशमा थ्रेड्ड एप्पल र एन्ड्रोइड एप स्टोरहरूमा लाइभ भयो भने युरोपमा उपलब्ध नभएकाले यसको प्रयोग हुन सकेन । थ्रेड्सको मूल कम्पनी मेटा युरोपेली सङ्घको तथ्याङ्क कानुन कसरी पालना गर्ने भन्ने निर्णयमा पुगिसकेको छैन ।

ट्विटरको करिब २० करोड नियमित प्रयोगकर्ता रहेका अनुमान गरिएको छ । तर, टेस्लाका प्रमुख एलोन मस्कले गत वर्ष प्लेटफर्म किनेका र हजारौँ कर्मचारीलाई बर्खास्त गरेपछि यसले बारम्बार प्राविधिक असफलता भोग्दै आएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १८:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro