site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब, साढे नौ महिनाको आयात धान्ने
प्रतीकात्मक तस्बिर।

काठमाडौं । कुल विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले वृद्धि भएर १४ खर्ब ८० अर्ब ८७ करोड रुपैया पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चिति पौने १५ अर्ब पुगेको हो ।

२०७९ असार मसान्तमा विदेशी विनिमय सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो ।

Argakhachi Cement Island Ad

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८.५ प्रतिशतले वृद्धि भएर ११ अर्ब ३० करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब २१ अर्ब २५ करोड रहेको छ । राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थामा विदेशी विनिमय सञ्चिति एक खर्ब ५९ अर्ब ६३ करोड रहेको छ ।

२०८० जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.२ महिनाको वस्तु आयात र ९.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्